बैशाख २३, २०८१, आइतबार
               

मास्क नलगाउँदा डेढ महिना जेल सजाय

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

बुधबार सिंगापुरमा मास्क नलगाउने बेलायती नागरिकलाई ६ हप्ता जेल सजाय तोकिएको छ। सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने जनस्वास्थ्य मापदण्ड लगातार उल्लंघन गरेपछि उनलाई त्यस्तो सजाय सुनाइएको हो। 

४० वर्षिय बेन्जामिन ग्लीनले मे महिनामा रेल चढ्दा मास्कको प्रयोग नगरेको, जुलाईमा अदालतमा हाजिर हुँदा पनि मास्क नलगाएको, सरकारी अधिकारीलाई अपशब्द प्रयोग गरेको र सार्वजनिक स्थानमा उपद्रो मच्चाएको गरी चार अभियोगमा ६ हप्ता जेल सजाय सुनाइएको हो। 

कडा नियमनका कारण नै सिंगापुरले कोरोना महामारीमाथि नियन्त्रण राख्दै आएको बताइन्छ । यस अघि होटलमा क्वारेन्टिन बसिरहेका बेला आफ्नो विवाह हुन लागेकी महिलालाई भेट्न क्वारेन्टिनको नियम उल्लंघन गरेकोमा एक बेलायती पुरुषलाई २ हप्ता जेल सजाय सुनाइएको थियो। 


कस्तो लाग्यो ?

यो पनि