बैशाख २३, २०८१, आइतबार
               

हाइटी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३०० नाघ्यो

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

हाइटीमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेकाे संख्या ३०० नाघेकाे छ । क्यारेबियन राष्ट्र हाइटीमा ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी अन्य १८ सयजना भन्दा बढी घाइते भएको समाचारहरुमा उल्लेख छ।

भूकम्पकाे इपिसेन्टर सेन्ट-लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।

अमेरिकी भूकम्प मापन केन्द्र (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ। भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक भवन तथा चर्च एवम् होटलहरु पनि भत्किएका छन्।भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौं मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि