जेठ ०४, २०८१, शुक्रबार
               

भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लामा मोदीको सम्बोधन

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

भारतले आज आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाउँदै छ ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा झन्डा फहराएर राष्ट्रका नाममा सम्बोधन गरेका छन् । 

सम्बोधनका क्रममा उनले अगस्ट १४ लाई ‘विभाजन–विभिषिका स्मृती दिवस’का रुपमा मनाउने घोषणा गरे ।

यहाँ टोकियो ओलम्पिकमा विभिन्न पदक जितेर फर्किएका भारतीय खेलाडीहरूलाई सम्मान पनि गरिनेछ ।

कोरोना महामारीका कारण सीमित मानिसको उपस्थितमा स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

 कार्यक्रममा भारतीय वायु सेनाले हेलिकोप्टरबाट पुष्पवर्षा गराएको थियो । स्वतन्त्रता दिवस मनाउनका लागि राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

यो वर्ष प्रधानमन्त्रीको गार्ड अफ अनरको दस्तामा जल, स्थल र वायु सेनाबाहेक दिल्ली पुलिसको एक-एक अधिकारी तथा २० जना मानिस हुनेछन् । यो वर्ष गार्ड अफ अनरको अगुवाइ भारतीय जलसेनाले गरेको छ ।

पाकिस्तानले भने शनिबार (अगस्ट १४) मा आफ्नो स्वतन्त्रता दिवस मनाएको छ ।

यो पनि