जेठ ०३, २०८१, बिहीबार
               

बेलायतमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

एजेन्सी
साउन २९, २०७८

ADVERTISEMENT

बेलायतको दक्षिण पश्चिममा रहेको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु भएको छ ।

बेलायतको प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् ।

बिहीबार प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चलेको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।

गोली लागेर पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गोली लागेर मृत्यु हुनेमा १० वर्षीय बालक समेत छन् ।

घटना आतंकवादसँग सम्बन्धित भने नरहेको प्रहरीले दाबी गरेको छ ।

अहिले यो घटनाबारे अनुसन्धान चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बेलायतमा ११ वर्षपछि यसरी अन्धाधुन्ध गोली प्रहार भएको हो ।


कस्तो लाग्यो ?

यो पनि