जेठ ०६, २०८१, आइतबार
               

अफगानिस्तानका सेना प्रमुख हटाइए

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

काठमाडौं ।  तालिबान विद्रोही धमाधम विभिन्न शहर कब्जा गरिरहेका अफगानिस्तानका सैनिक प्रमुख हटाइएका छन् ।

तालिबान लडाकुले देशका ३४ प्रान्तमध्ये ९ वटा प्रान्तका राजधानी कब्जा गरेपछि अफगान सरकारले सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजईलाई हटाएको हो ।

गत जुन महिनामा नियुक्त उनलाई सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको आरोप लगाउँदै हटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सरकारले नयाँ सैनिक प्रमुखमा जनरल हिबातुल्लाह अजिजेईलाई नियुक्त गरेको छ ।

यो पनि