जेठ ०३, २०८१, बिहीबार
               

यौनजन्य हिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरले दिए राजीनामा

एजेन्सी
साउन २६, २०७८

ADVERTISEMENT

महिलाहरुलाई यौनजन्य हिंसा गरेको पुष्टि भएपछि अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजीनामा दिएका छन् ।

विभिन्न ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उनलाई राजीनामा गर्न दबाब आएको थियो ।

सन २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर भएका उनी अमेरिकी सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता हुन् ।

न्युयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले गरेको गत मंगलबार कुमोले यौनजन्य हिंसा गरेको पाँच महिने लामो छानबिन प्रतिवेदन सार्वजनिक गरेकी थिइन् ।

जबर्जस्त चुम्बन गरेको र गोप्य अंगहरुमा इच्छाबिपरित हात लगाएका विभिन्न आरोपको छानबिनले पुष्टि गरेको थियोे ।

राजीनामा दिँदै कुमोले आफुले गर्ने सबैभन्दा उत्तम छनौट राजीनामा भएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

आज (मंगलबार) राजीनामा दिएनी यसको औपचारिक प्रक्रिया पूरा हुन दुई हप्ता लाग्ने बताइएको छ ।

यो पनि