बैशाख २०, २०८१, बिहीबार
               

खोप नलगाइ अफिस जाने कर्मचारीलाई सिएनएनले गर्‍यो बर्खास्त

एजेन्सी
साउन २२, २०७८

ADVERTISEMENT

अमेरिकी टेलिभिजन सिएनएनले कोभिड खोप नलगाइकन कार्यालय जाने तीनजना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ ।

सिएनएनले जागिरमा आउने अन्य कर्मचारीलाई पनि अनिवार्य खोप लगाउन निर्देशन दिएको छ । कम्पनी अध्यक्ष जेफ जुकरले कर्मचारीलाई दिएको मेमोमा यस्तो कुरा उल्लेख गरेका छन् ।

खोप नलगाएकोलाई जागिरबाट निकालिएको यस्तो घटना अमेरिकी मिडियामा पहिलो भएको बिबिसीले जनाएको छ । अमेरिकामा कम्पनीका कामदारलाई अनिवार्य खोप लगाउनुपर्ने नियम छ ।

फेसबुक र गुगलजस्ता ठूला मिडियाले पनि कार्यालय सुरु हुनु एकदिनअघि अनिवार्य खोप लगाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सिएनएनले रिपोर्टिङका लागि कार्यक्षेत्रमा जाने सबैलाई अनिवार्य खोप लगाउनुपर्ने बताएको छ ।

सीएनएन अध्यक्ष जुकरले भनेका छन्, ‘यसबारे हामी शून्य सहनशिल नीति अपनाउँछौ ।’


कस्तो लाग्यो ?

यो पनि