जेठ ०४, २०८१, शुक्रबार
               

अफगानिस्तानमा एकैदिन २७४ तालिवान लडाकू मारिए

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकैदिन २७४ तालिवान लडाकू मारिएका छन् ।

देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् ।  

लडाकूको आश्रयस्थल र उनीहरूले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।  अफगानिस्तानका धेरै सहरमा लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूका बीचमा झडप तथा भीडन्त हुने गरेको छ । 

अफगानिस्तानमा लामो समयदेखि चलिरहेको गृहयुद्धका कारण हजारौँका मृत्यु भएको छ भने लाखौँ मानिस पीडित भएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि