जेठ ०६, २०८१, आइतबार
               

ईदको समय युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काबुल । अफगानिस्तानमा ईद पर्वको समयमा युद्धविराम गर्ने तालिबान र सुरक्षाकर्मीको निर्णयलाई अमेरिकी विशेष प्रतिनिधिले स्वागत गरेका छन् ।

ईद पर्वको समयमा तालिबान विद्रोही लडाकु समूह र सुरक्षा बलबीच बढ्दो द्वन्द्वका बीच तीन दिन युद्धविराम गर्ने बताएका छन् । युद्धविरामको निर्णयलाई अमेरिकी बिशेष प्रतिनिधि जलमे खालिलजादले स्वागत गरेका छन् ।

पछिल्लो केही समययता तालिबान र सुरक्षा बल बीचको तनाबले सर्वसाधारणलाई नराम्रो असर पारेको भन्दै उनले युद्धविरामको निर्णय स्वागत गरेको बताएका हुन् ।

६० जनाभन्दा धेरै विद्यार्थीको ज्यान जाने गरी राजधानी काबुलस्थित एक विद्यालय नजिकै भएको बम विष्फोटको घटना पछि तालिबानले ईदको समय तीन दिन युद्धविराम गर्ने घोषणा गरेको हो ।

तालिबानको घोषणा पछि राष्ट्रपति असरफ घानीले पनि ईदको समय युद्धविराम गर्न सुरक्षा बललाई निर्देशन दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि