जेठ ०६, २०८१, आइतबार
               

निगरानी बढाउन भारतीय सेनाले थप्यो पनडुब्बी लडाकु विमान

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

नयाँदिल्ली । भारतीय नौसेनाले निगरानी बढाउनका लडाकु विमान थप गरेको छ ।

भारतीय नौसेनाले युएस बेस्ड एयरोस्पेस कम्पनी बोइंगबाट १० औं एन्टी पनडुब्बी लडाकू विमान थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

भारतले १२ वटा यस्तै विमानहरूको अर्डर गरेको थियो । भारतीय नौसेना पी८ का लागि पहिलो अन्तर्राष्ट्रिय ग्राहक थियो र आज सबैभन्दा ठूलो गैरअमेरिकी फ्लिट सञ्चालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

गस्ती एयरक्राफ्ट भारतीय नौसेनाको ‘फ्लिट’को अभिन्न हिस्सा रहेको जनाइन्छ । सुरुमा भारतीय नौसेनाका लागि सन् २०१६ मा आठवटा विमानहरू र चारवटा थप विमानहरू ल्याउनका लागि रक्षा मन्त्रालयले आदेश दिएका थियो ।

विज्ञप्तिमा भनिएको छ, “यसका अतिरिक्त चारवटा विमानका लागि विकल्प सम्झौता अन्तर्गत डेलिभरी हुने दोस्रो विमान हो । यो विमान समुद्री क्षेत्र, पनडुब्बी युद्ध क्षमताका अतिरिक्त, पी८ आईलाई प्रकोप राहत र मानवीय अभियानहरुमा समेत सहयोगसिद्ध हुनेछ ।”


कस्तो लाग्यो ?

यो पनि