मंसिर ०७, २०८१, शुक्रबार
               

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो । 

अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ । 

ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिए । उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए । 


कस्तो लाग्यो ?

यो पनि