मंसिर ०७, २०८१, शुक्रबार
               

बम आक्रमण गरी मलामी गएका ८ जनाको हत्या

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन्। इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरूले सो आक्रमण गरेका थिए। त्यसक्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ।  

सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन्। बम लागेर घाइते भएका उनीहरूलाई नजिकैको अस्पताल पुर्याइएको छ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए । उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरूले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ।


कस्तो लाग्यो ?

यो पनि