मंसिर ०७, २०८१, शुक्रबार
               

जापानको टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

टोकियो । जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना  संक्रमित भेटिएका छन् । 

सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ संक्रमित थपिएका छन् । टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ संक्रमित थपिएको अहिले पहिलो पटक भएको जनाएको छ । 

विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा संक्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको हो ।

यसअघि मङ्गलबार दुई हजार ८४८ जना नयाँ संक्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । देशभरी भने झण्डै सात हजार संक्रमित भएको देखिएको छ । 

गतवर्ष सन् २०२० मा हुनुपर्ने ओलम्पिक खेलकुद प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले भइरहेको हो । महामारीका बीचमा भइरहेको खेलकुद प्रतियोगिताका कारण टोकियोमा महामारी थप फैलिने खतरा देखिँदै गएको छ । 

महामारी थप फैलिन नदिने उद्देश्यले टोकियोमा उच्चसतर्कता र उच्चसुरक्षा व्यवस्था गरिए पनि महामारी भने फैलिँदै गएको देखिएको छ । जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मका लागि टोकियोमा चौथो चरणको संकटकाल लागू गरेको छ । 

टोकियोका बार तथा रेस्टुरेन्टहरूमा मादक पदार्थ विक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ भने बेलुका सबेरै बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । ओलम्पिक खेलकुद प्रतियोगिताका लागि लाखौँ खेलाडी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरू टोकियोमा भेला भएका छन् । 

यो पनि