बैशाख १५, २०८१, शनिबार
               

टर्कीको ठूलो सहरबाट ७०९ अवैध आप्रवासी पक्राऊ, पक्राउ पर्नेमा अधिकांश अफगानी

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

इस्तानबुल । टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रषित समाचारमा उल्लेख छ । 

इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५ सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रबासीलाई अवैधरूपमा लुकेर बसीरहेको अवस्थामा पक्राउ गरेको बताएको छ । 

टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि