जेठ ०२, २०८१, बुधबार
               

इराकबाट अमेरिकी सैनिक फिर्ता हुँदै

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

बग्दाद । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्त्यसम्म इराकबाट सेना फर्काउने घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनका अनुसार इराकी सेनालाई तालिम र सल्लाह दिने काम भने जारी रहनेछ । 

ह्वाइटहाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कदिमीसँगको वार्तापछि बाइडेनले यस्तो घोषणा गरेका हुुन् । इराकमा अहिले झन्डै २५ सय अमेरिकी सैनिक छन् । उनीहरु इस्लामिक स्टेटका बाँकि रहेका लडाकुहरुले गर्नसक्ने सम्भावित आक्रमणका लागि तयारी अवस्थामा बसेका छन् । 

२०२० को जनवरीमा राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा शीर्ष इरानी जनरल कसेम सोलेमानी र इरान समर्थित शिया मुस्लिम मिलिशियाका नेता मारिएका थिए । त्यसयता, अमेरिकी सेनाको उपस्थितीलाई लिएर इराकमा विभिन्न टिकाटिप्पणी भइरहेको थियो । 

आईएसआईएसविरुद्धको लडाईमा अमेरिका नेतृत्वमा रहेका सेनाहरु इराकबाट फिर्ता हुनुपर्ने माग इराकका राजनीतिक पार्टीहरुले गरिरहेका थिए । 

अमेरिकी नेतृत्वका सैनिकले २००३ मा आक्रमण गर्दै सद्दा हुसैनलाई अपदस्थ गरेका थिए । त्यसयता, ईराकमा तैनाथ अमेरिकी सैनिकहरु बाराक ओबामाको कार्यलकालमा २०११ मा फर्किएका थिए । यद्यपी, तीन वर्षपछि ईराकी सरकारको आग्रहमा उनीहरु फर्किए । 

इराकका अधिकांश भूभाग आईएसले कब्जामा लिएपछि सरकारले अमेरिकी सैनिक गुहारेको थियो । २०१७ मा आईएस पराजित भए पनि अमेरिकी सैनिकहरु भने अझै फर्किएका थिएनन् । आईएस ब्युँतिने खतरा कायम रहेको भन्दै उनीहरु इराकमै बसेका थिए । 

यो पनि