जेठ ०२, २०८१, बुधबार
               

नाइजेरियामा२८ विद्यार्थी अपहरणमुक्त

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

नाइजेरियाको उत्तरपश्चिमी राज्य कादुनामा रहेको माध्यमिक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २८ विद्यार्थी मुक्त भएका यहाँका प्रहरी स्रोतले आइतबार पुष्टि गरेको छ । 

विद्यार्थीलाई शनिवारराति मुक्त भएका परिवारको साथ पुनर्मिलनको व्यवस्था भइरहेको कादुना राज्यमा प्रहरी प्रवक्ता मोहम्मद जालिगेले आइतवार बिहान टेलिफोनमार्फत् बताएका छन् ।

सामान्यतया, उनीहरूले प्रियजनहरूसँग पुनर्मिलनपछि स्वास्थ्य उपचार गराइने पनि जलिगेले बताए । गत जुलाई ५ मा कादुनाको बेथेल ब्याप्टिस्ट हाईस्कूलबाट अपहरणकारी विद्यार्थीहरूको ठूलो सङ्ख्यामा अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए ।

जलिगेले पीडितलाई कसरी मुक्त गरियो वा उनीहरूको रिहाइमा फिरौती पनि सङ्लग्न छ भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरे । 

बिहीबार नाइजेरियाली प्रहरीले दिएको जानकारी अनुसार शुरुमा बन्दुकधारीले अपहरण गरेका दुई बिद्यार्थीलाई रिहा गरेका थिए । बाँकी २६ विद्यार्थीलाई नाइजेरियाको सेना, प्रहरी र नौसेनाको संयुक्त टोलीले सुरक्षित रूपमा बचाउन सफल भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि