जेठ ०२, २०८१, बुधबार
               

नर्वेको संसदीय इमेल अकाउन्ट ह्याकर्सको कब्जामा

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

ओस्लो । आफ्नो संसदसँग सम्बन्धित इमेल खाताहरू ह्याकर्सको निसानामा परेको नर्वेले बताएको छ ।

नर्वेका विदेशमन्त्री ईने एरिक्सन सोराइडले गत मार्चमा माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा समस्या देखिएपछि संसदसँग सम्बन्धित इमेल खाता ह्याक भएको थियो । त्यसमा चिनियाँ ह्याकर जिम्मेवार रहेको हुनसक्ने उनले जनाएका छन् ।

‘नर्वेको संसदले मार्चमा माइक्रोसफ्ट एक्सचेन्ज सर्भर घटनाको हिस्साको रूपमा इमेल प्रणालीको उल्लंघन भएको बताएको छ । यो अत्यन्त गम्भीर घटना हो, जुन हाम्रो सबैभन्दा महत्त्वपूर्ण प्रजातान्त्रिक संस्थालाई असर पुर्‍याएको छ,’ विदेशमन्त्री सोराइडले विज्ञप्तिमा भनेका छन् ।

सोरोइडले यसबारे चिनियाँ दूतावासलाई सम्पर्क गरिएको समेत बताएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज इमेल सर्भर सफ्टवेयरको ह्याकमा अमेरिका र पश्चिमी सहयोगी राष्ट्रहरुले रुस र चीनलाई दोष दिँदै आएका छन् ।

चिनियाँ विदेशमन्त्रीले भने उक्त आक्रमणमा आफ्नो सरकार जिम्मेवार नहुने र चीन यस्ता गतिविधिमा संलग्न नभएको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि