जेठ ०२, २०८१, बुधबार
               

हिमाचलमा चट्टानी पहिरो, ९ पर्यटकको मृत्यु

एजेन्सी
साउन ११, २०७८

ADVERTISEMENT

भारतको हिमाचल प्रदेशस्थित किन्नौरमा चट्टानी पहिरोमा परी  ९ जनाको मृत्यु भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था पनि गम्भीर रहेको बताइएको छ । 

पहिरोपछि निबै तिव्र गतिमा ढुङ्गाहरू खसेका थिए जसका कारण नदीमा बनेको पुल नै भाँचिएको छ ।

पहाड घुम्न गाडीमा गएका पर्यटक पहिरोमा परेका हुन् । चालकसमेत गाडीमा रहेका ११ जनामध्ये ९ जनाको मृत्यु भएको हो । त्यसमा राजस्थानका मात्रै ४, छत्तीसगढका २, महाराष्ट्र, दिल्ली र पञ्जाबका १/१ जना छन् । 

पर्यटक सवार एचआर ५५ एजी ९००३ नम्बरको गाडी छितकुलबाट सांगलातर्फ गइरहेका थिए । बटसेरीको गुंसा छेउ रहेको पुलमा ढुङ्गा खसेपछि टुट्न पुग्यो । यसको चपेटामा पर्यटकीय बस पनि पर्‍यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

हिमाचलको किन्नौरमा ढुङ्गा खस्ने क्रममा शनिबारदेखि नै जारी रहेको छ ।

यो पनि