जेठ ०२, २०८१, बुधबार
               

लण्डनमा प्रदर्शनकारीहरु र प्रहरीबीच झडप, केही प्रदर्शनकारी पक्राउ

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

लण्डन । बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो ।

उक्त झडपमा परी चारजना प्रहरी घाइते भएका छन् । स्थानीय समय अनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई पक्राउ गरेको अधिकारीहरुले जनाएका छन् ।

सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दै गएकाले सरकारले लकडाउनलाई पनि निरन्तरता दिँदै आएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमितहरूको सङ्ख्या ३१ हजार ७९५ रहेको छ । 

यो पनि