जेठ ०३, २०८१, बिहीबार
               

‘छिमेकीलाई पहिला’ नीतिअन्तर्गत भारतले दियो बङ्गलादेशलाई अक्सिजन

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

नयाँ दिल्ली । भारतले ‘छिमेकीलाई पहिला’ भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ । कोरोना भाइरसबाट संक्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।

अक्सिजनको उपलब्धताले कोरोना भाइरसको महामारीविरुद्ध लड्न सहयोग पुग्ने विश्वाससमेत अधिकारीहरूले व्यक्त गरेका छन् । भारतको तर्फबाट छिमेकीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अक्सिजन उपलब्ध गराइएको भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।

‘छिमेकीलाई पहिला भन्ने हाम्रो नीतिलाई हामीले फेरि प्रमाणित गरेका छौँ, त्यही नीतिअनुसार भारतले बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ,’ उनले ट्वीटरमा लेखेका छन् ।

भारतीय रेल सेवा मार्फत २०० मेट्रिकटन तरल मेडिकल अक्सिजन (एलएमओ) उपलब्ध गराइएको पनि उनले जानकारी दिए । दक्षिण एसियाली मुलुक बङ्गलादेशमा अहिलेसम्म ११ लाख ६४ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १९ हजार २७४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार २९१ जना संक्रमित भएको र २२८ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

यो पनि