जेठ ०२, २०८१, बुधबार
               

अफगानिस्तानमा ८१ लडाकू मारिए

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन् ।लडाकूहरूको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरूले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् । 

देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको घटनामा परी अरु ४३ जना घाइते पनि भएको अधिकारीहरूले जनाएका छन् ।

 घटनास्थलबाट सुरक्षाकर्मीहरूले ठूलो सङ्ख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरू पनि नियन्त्रणमा लिएको छ । अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ ।

युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन । तालिबान विद्रोही लडाकूहरूले देशभरका झण्डै २०० जिल्ला आफूहरूको नियन्त्रणमा रहेको दाबी गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि