जेठ ०८, २०८१, मंगलबार
               

हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु, १७ घाइते

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरू रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरूले पुष्टि गरेका छन् । 

घटनामा परी अरू १७ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरूले हवाइ आक्रमण गरेका थिए ।

त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरूले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकूहरूले प्रयोग गर्नेगरेको सामग्रीहरू पनि बरामद गरेका छन् । लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरू भइरहे पनि टुंगिन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित छन् । 


कस्तो लाग्यो ?

यो पनि