बैशाख १४, २०८१, शुक्रबार
               

सिरियामा इजरायली मिसाइल आक्रमण

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

बुधबार मध्यरातदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको हो ।

बुधबार मध्यरातदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको सिरियाको समाचार समिति सानाले जनाएको छ । सानाका अनुसार गए मध्यरातदेखि सिरियामा सो हमला भएको हो ।

सानाले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि जनाएको छ । मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ ।

उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ । त्यसबाट भएको हताहतीको समाचार भने आएको छैन । ती आक्रमणमा के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ ।

केही दिन यतादेखि इजरायलले सिरियामाथि निरन्तर हमला गरिरहेको छ । गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेप्पोमा आक्रमण गरेको थियो ।

यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहहरूका कारण नागरिकको ज्यान गइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि