जेठ ०१, २०८१, मंगलबार
               

अफगानिस्तानमा ९५० तालिबान मारिए

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरू मारिएका छन् । घटनाका कारण अरू पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ । 

सुरक्षाकर्मीहरू र तालिबान लडाकूहरूका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरू गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरूले बताएका छन् । 
कतिपय सहर तथा क्षेत्रहरू तालिबान लडाकूहरूको नियन्त्रणमा रहेको दाबी गरिएको छ । ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरूले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकूहरूले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकूहरूका बीचमा ठूलो भिडन्त भएको थियो । तालिबान लडाकूहरूको नियन्त्रणमा रहेका ठाउँहरूलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरूले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि