मंसिर ०७, २०८१, शुक्रबार
               

माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

माल्दिभ्सका कोरोनाभाइरस विरुद्धको खोप लगाउने मिल्ने मध्ये ५० प्रतिशतले खोप लगाएका छन् । सरकारी स्वास्थ्य सेवा केन्द्रका प्रवक्ता डा फथिमाथ नाज्ला राफेकले खोप लगाउन योग्य देशको कूल जनसङ्ख्याको आधा जनसङ्ख्या खोपयुक्त भएको जानकारी दिए ।माल्दिभ्समा १८ वर्षभन्दा बढी उमेरका मानिसलाई खोप लगाउन मिल्ने मापदण्ड तय गरिएको अधिकारीहरूले बताएका छन् ।

माल्दिभ्समा गत फेब्रुअरी १ देखि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान सुरू गरिएको हो । अभियानअन्तर्गत माल्दिभ्सका नागरिक, माल्दिभ्सका बासिन्दा, कागजपत्र नभएका कामदारलगायतलाई खोप लगाउने गरिएको छ । माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ । 

स्वास्थ्य प्रवर्द्धन निकायले दिएको जानकारीअनुसार माल्दिभ्समा अहिलेसम्म तीन लाख २० हजार ५९ जनालाई कोरोनाभाइरसविरुद्धको पहिलो खोप लगाइएको हो । त्यसैगरी दुई लाख ५१ हजार २३२ जनालाई दुवै खोप लगाइ सकिएको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  

विश्व बैंकले सन् २०१९ मा सार्वजनिक गरेको विवरणअनुसार माल्दिभ्सको कूल जनसङ्ख्या पाँच लाख ३० हजार ९५३ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि