जेठ ०१, २०८१, मंगलबार
               

जर्मनीमा बाढीले कम्तीमा ८० को मृत्यु

एजेन्सी
साउन ०१, २०७८

ADVERTISEMENT

जर्मनीमा भीषण बाढीमा परेर कम्तीमा ८० जनाको मृत्यु भएको छ । हजारौं बेपत्ता छन् । 

युरोपमा अति वर्षापछि नदीहरूमा पानी बहाव बढ्दा बाढीले वितण्डा मच्चाएको हो । बेल्जियममा पनि कम्तीमा १२ जनाको मृत्यु भएको छ । 
जर्मन चान्सेलर एन्जेला मर्केलले पीडितहरुलाई पूर्ण सहयोग गर्न आग्रह गरेकी छन् । जर्मनीमा राईनेल्यान्ड–प्यालेस्टाइन र उत्तरी राईने– वेस्टफालियामा सबैभन्दा ठूलो क्षति पुगेको छ । उत्तरी राईन फेस्टफालियाका प्रिमियर अर्मिन लास्टेचले क्षतिग्रस्त ठाउँको भ्रमण गर्दै ग्लोबल वार्मिङका कारण अति वर्षा भएको आरोप लगाएका छन्, उनले जलवायु संरक्षणका मापदण्डहरु अबलम्बन गर्नै पर्ने बताएका छन् । 

मानिसद्वारा सिर्जित जलवायु परिवर्तनले यसैगरी अति वर्षा गराउनसक्ने भन्दै वैज्ञानिकहरूले यसअघि नै चेतावनी दिदैं आएका थिए । 
बाढीले नेदरल्यान्डस् पनि प्रभावित भएको छ । लक्जम्वर्ग र स्विचरल्यान्डमा पनि बाढीको असर देखिएको छ । जर्मनीको अर्विलर जिल्लामा कम्तिमा १३ सयजना गायब भएको यहाँको स्थानीय सरकारका प्रवक्ताले जनाएका छन् । बाढीका कारण मोबाइल नेटवर्कले काम नगरेको र स्थानीयसँग सम्पर्क गर्न नसकिएको उनले बताएका छन् । 

यो पनि