जेठ ०१, २०८१, मंगलबार
               

अफगानिस्तानमा भिडन्त, भारतीय फोटो पत्रकारको मृत्यु

एजेन्सी
साउन ०१, २०७८

ADVERTISEMENT

अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको भिडन्तमा परेर भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको मृत्यु भएको छ । दानिश समाचार एजेन्सी रोयटर्समा कार्यरत थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ । 

एक अफगान कमान्डरले रोयटर्ससँगको कुराकानीमा अफगानिस्तानको विशेष सुरक्षाबलले स्पिन बोल्डक शहरको मुख्य बजारलाई पुनः आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेका बेला तालिबानसँग मुठभेड भएको र त्यसक्रममा पत्रकार दानिश र अफगान अधिकारी मारिएको बताए । 

रोयटर्सका अनुसार दानिश यहि हप्तादेखि अफगानिस्तानको विशेष बलसहित कंधार प्रान्तमा तैनाथ थिए जहाँबाट उनी अफगान कमान्डो र तालिबान लडाकूबीच संघर्षको जानकारी पठाइरहेका थिए । 

रोयटर्सका प्रमुख माइकल फ्रिडेनबर्ग र मुख्य सम्पादक अलेस्सान्द्रा गैलोनीले एक बयानमा आफूहरुले यसबारे जानकारी जुटाइरहेको र क्षेत्रमा अधिकारीको सम्पर्कमा भएको बताए । 

भारतका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले दानिश मारिएको खबर पुष्टि  गर्दै ट्वीटरमा लेखेका छन्, ‘हिजो राती कंधारमा मेरो साथी दानिश सिद्दीकी मारिएको दुःखद खबरले आहत छु । पुलित्जर पुरस्कार विजेता भारतीय पत्रकार अफगान सुरक्षाबलसँग थिए । मैले उनलाई दुई हप्ता अघि मात्रै भेटेको थिए, उनी काबुल गइरहेका थिए । उनका परिवार र रोयटर्सका लागि मेरो समवेदना ।’


कस्तो लाग्यो ?

यो पनि