मंसिर ०७, २०८१, शुक्रबार
               

ब्राजिलमा अस्पताल भर्ना र मृत्युदरमा कमी

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

ब्राजिलमा कोरोना भाइरसविरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको छ ।

महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलो पटक कुनै ब्राजिलको कुनै पनि राज्यमा रहेका कोभिड अस्पतालमा ९० प्रतिशतभन्दा बढी सेवाग्राही नपुगेका बताइएको छ । 

यद्यपि चार राज्यहरूलाई भने अझै खतरामुक्त क्षेत्र घोषणा गरिएको छैन । ती अस्पतालमा अझै पनि ८० प्रतिशतभन्दा बढी सघन उपचार कक्षले बिरामीलाई सेवा दिइरहेका छन् । 

“खोप विशेष गरी गम्भीर अवस्थालाई रोकथाम गर्न प्रभावकारी देखिएको छ,” फियोक्रुजले भने । उनले सामाजिक दूरीलाई निरन्तरता दिनु, मास्कको प्रयोग र स्वच्छताका उपायहरूमा जोड दिँदै सम्पूर्ण जनतालाई खोप लगाउन आग्रह गरे । 

“उपलब्ध खोपहरूको प्रभावकारिता कम गर्ने सम्भाव्यतासहित भेरियन्ट्सको उदय हुने सम्भावना अझै छ यसलाई बेवास्ता गर्न सकिदैन । त्यसैले अझै स्वास्थ्य सुरक्षाका उपायलाई अवलम्बन गर्नु कोभिड नियन्त्रणका लागि आवश्यक हुनेछ ।”

सरकारद्वारा उपलब्ध गराइएको तथ्याङ्क अनुसार लगातार तेस्रो हप्तासम्म कोभिड-१९ का कारण भएका मृत्युदर र सङ्क्रमणका घटनामा कमी देखिएको छ । यद्यपि तिनीहरू उच्च रहेका छन् ।

गत हप्ता औसतमा कोभिडका कारण एक हजार ३०० को मृत्यु भएको र ४६ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा अहिले पनि मृत्यु दर तीन प्रतिशतको हाराहारीमा रहेको छ । यो मृत्युदरलाई उच्च मानिन्छ । ब्राजिलमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख रहेको छ भने पाँच लाख ३५ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि