जेठ ०२, २०८१, बुधबार
               

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै प्रदर्शन

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

जोहान्नेसबर्ग  । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले  प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उनको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका छन् ।

प्रहरीले ६० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन्  । उनीहरुले ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरेका छन् । अशान्ति बढ्दै गएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले प्रदर्शनकारीलाई धैर्य गर्न आग्रह गरेका छन् ।

गएको बुधवार जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनीमाथि भ्रष्टाचारको आरोप लागेको छ ।
 

यो पनि