जेठ ०२, २०८१, बुधबार
               

आमाको ज्यान जोगाउन बालकले हतियारधारी पुरुषको हत्या गरे

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

न्युयोर्क । अमेरिकाको लुजियानामा एक १२ वर्षीय बालकले हतियारधारी पुरुषको  हत्या गरेका छन् । हतियारसहित घरमा जबर्जस्ती छिरेर आफ्नी आमालाई धम्क्याउने ती पुरुषलाई  शिकारी बन्दुकले हत्या गरेको स्थानयी निकायले जनाएको छ । 

प्रहरीका अनुसार गत ३० जुनमा क्लिन्टन शहर देखि पुर्वमा पर्ने आफ्नो घरमा यसरी प्रवेश गर्ने ३२ वर्षिय ब्राड लिब्ल्यान्कबाट आफ्नी आमाको ज्यानै खतरामा परेको देखेपछि ति बालकले शिकार खेल्न प्रयोग हुने राइफलबाट उनको ज्यान लिएका थिए । प्रत्यक्षदर्शीहरुले पनि ति हतियारधारी जवर्जस्ती तिनीहरुको घर भित्र घुसेका देखेको बयान प्रहरीलाई दिएका छन् । 

चिन्ताजनक हालतमा नजिकको अस्पतालमा पुर्‍याइना साथ चिकित्सकहरुले ती पुरुष लिब्ल्यान्कलाई मृत घोषित गरेका थिए । प्रहरी अधिकारी जेफ ट्राभिसले नाम नखुलाइएका ती बालकलाई हिरोको संज्ञा दिएको वासिंगटन एकजामिनरले जनाएको छ ।

लुट्ने हिसाबले तिनीहरुको घर प्रवेश गरेको आंशका गरिएका अन्य दुइजनालाई प्रहरीले गिरफतार गरेको छ । ति दुईमध्ये एक जोनाथन बार्करलाई हत्या र डकैती प्रयासको अभियोग लगाइएको छ । आफ्नी आमाको जीवन रक्षा गर्ने ती बालकलाई भने हत्याको अभियोग नलगाइने भएको छ ।    


कस्तो लाग्यो ?

यो पनि