जेठ ०२, २०८१, बुधबार
               

बंगलादेशमा थप संक्रमितको सङ्ख्या ११८०० भन्दा बढी, २३० जनाको मृत्यु

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

ढाका । बङ्गलादेशमा कोरोना स.क्रमितको सङ्ख्यामा आइतबार पनि उल्लेख्य वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्यांक अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ भने २३० जनाको मृत्यु भएको छ । 

अहिलेसम्म बङ्गलादेशमा कूल १६ हजार ४१९ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ भने कूल संक्रमितको सङ्ख्या एक लाख २१ हजार १८९ पुगेको छ । सरकारी तथ्यांकमा पछिल्लो एक दिनमा बङ्गलादेशभर ४० हजारभन्दा बढीको कोभिड संक्रमण परीक्षण गरिएको छ ।

आइतबार कोभिड–१९ संक्रमणमुक्त हुनेको सङ्ख्या छ हजार ३६२ रहेको छ भने बङ्गलादेशमा अहिलेसम्म कूल आठ लाख ७४ हजार ५०१ संक्रमित निको भएका महानिर्देशनालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि