जेठ ०३, २०८१, बिहीबार
               

सिरियाली राष्ट्रपतिद्वारा कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

दमास्कस । सिरियाका राष्ट्रपति बशर अल असदले आइतवार जनतालाई डिजेल ईन्धन र रोटीको मूल्यवृद्धिले पारेको प्रभावलाई सम्बोधन गर्नका लागि भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन दिएका छन् । 

सिरियाको राज्य सञ्चालित समाचार संस्था ‘साना’का अनुसार असदले राज्यका कार्यरत कर्मचारीका लागि ५० प्रतिशत र सेवानिवृत्तका लागि ४० प्रतिशत तलब वृद्धि गर्न आदेश दिएका हुन् । 

सिरियाली सरकारले सहुलियत दरको ईन्धनको मूल्यमा १७७ दशमलब ७ प्रतिशत र सहुलियत दरको पाउरोटीमा ५० प्रतिशतले मूल्य बढाएपछि यसको नागरिकस्तरबाट व्यापक विरोध भएको थियो ।

सरकारले मूल्यवृद्धि गरेर सामान्य जनजीवनमा प्रभाव परेको गुनासो जनस्तरबाट आएपछि राष्ट्रपतिले यसलाई सम्बोधन गर्न निर्देशन दिएका हुन् । 

सानाका अनुसार सिरियामा लगाइएको पश्चिमी प्रतिबन्धका साथै विश्वव्यापी उर्जा ईन्धनको मूल्य वृद्धिका कारण इन्धनको मूल्यमा वृद्धि भएको उनले बताए ।

सरकारी अनुमान अनुसार इन्धनको मूल्य वृद्धिका कारण यातायात सेवा क्षेत्रमा २५, कृषि क्षेत्रमा सात प्रतिशत मूल्यवृद्धि हुने देखिएको छ । यद्यपि सिरियाली मानव अधिकारवादी संस्थाहरूले भने इन्धन तथा पाउरोटीमा भएको मूल्यवृद्धिले घरायसी खर्चमामा १७८ प्रतिशत वृद्धि हुने जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि