जेठ ०२, २०८१, बुधबार
               

हाइटीका राष्ट्रपतिको हत्यामा २८ जना संलग्न रहेकाे प्रहरीकाे दाबी

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना व्यक्ति संलग्न भएको प्रहरीले जनाएको छ । त्यसमध्ये २६ जना कोलम्बिया तथा २ जना भने हाइटी अमेरिकी हत्यारा रहेको बताइएको छ ।

ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । यद्यपि बुधबार प्रहरीले चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो । हत्यारा र प्रहरीबीचको भिडन्त भने जारी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले ले जनाएका छन् ।

हाइटी प्रहरीका निर्देशक लियोन चार्लस्ले १५ कोलम्बियाली र दुई हाईटियन अमेरिकीलाई पक्राउ गरेको बताए । तीन कोलम्बियाली मारिएका छन् भने आठ अझै फरार छन् । चार्लसका अनुसार हत्याराहरू यस घटना पश्चात भागिरहेको समयमा प्रहरीले उनीहरुलाई घेरेको थियो ।

त्यसबेलादेखि दुवै पक्षबाट गोलीबारी भइरहेको बताइएको छ । बुधबार बिहान करिब ५ बजेतिर भारी हतियारधारी हत्याराहरूले हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित राष्ट्रपति भवनमा तोडफोड गर्दै ५३ वर्षीय राष्ट्रपति जोभिनल मोइस र उनकी पत्नी मार्टिना मोइसलाई गोली प्रहार गरेका थिए ।

१२ वटा गोली लागेका राष्ट्रपति मोइसको घटनास्थलमै मृत्यु भएको थियो । उनकी श्रीमती भने गम्भीर घाइते भएकी थिइन् । उनको उपचार भइरहेको र अवस्था स्थिर रहेको बताइएको छ । राष्ट्रपतिका तीन सन्तानहरु भने सुरक्षित ठाउँमा रहेको बताइएको छ ।

 

यो पनि