बैशाख १७, २०८१, सोमबार
               

राष्ट्रपति हत्यापछि हाइटीले अमेरिकी सेना बोलायो

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

राष्ट्रपति जोभेनल मोसेको हत्या भएपछि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई मुख्य भौतिक पूर्वाधारहरुको रक्षार्थ विदेशी सेनाको सहयोग मागेको छ । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । 

यसअघि, हैटीको प्रहरीले २८ जना विदेशी बन्दुकधारीहरुको समूहले राष्ट्रपतिको हत्या गरेको जनाएको थियो । यी बन्दुकधारीहरुले भाडामा झिकाइएको प्रहरीले जनाएको थियो । 

राजधानी पोर्ट एयु प्रिन्समा भएको गोली हानाहानपछि ती बन्दुकधारीमध्ये १७ जनालाई अहिले हिरासतमा राखिएको छ । त्यस्तै, तीनजना शंकास्पदलाई प्रहरीले मारेको छ । 

अमेरिकाले सैनिक नपठाए पनि घटनाको छानबिनमा सहयोग गर्न एफबिआई र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारीहरु पठाइने जनाएको छ । 

हाइटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले स्वीकृति दिनुपर्ने हुन्छ । यस हत्याकाण्डपछि अहिले हाइटीमा संकट सुरु भएको छ । हाइटी उत्तर अमेरिकी महादेशकै सबैभन्दा गरिब देश हो । यहाँ अहिले संकटकाल घोषणा गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि