बैशाख १७, २०८१, सोमबार
               

बंगलादेशको एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

एजेन्सी । बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो । बिहिबार बेलुका रुपगंजको एक फुड एण्ड बेभरेज कारखानाको भवनमा आगलागी भएको हो ।

दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले बीबीसीसँगको कुराकानीमा भने, ‘कम्तीमा ४९ जनाको शव भेटिएको छ ।’ उद्धार कार्य जारी रहेको उनले बताएका छन् । देबीशीष वर्धनले मृत्युको संख्या बढ्न सक्ने पनि बताएका छन् ।

रुपगंज पुलिस स्टेसनका एक प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा कारखानामा काम गर्ने मानिसहरु ठूलो संख्यामा त्यहाँ जम्मा भएको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि