बैशाख १७, २०८१, सोमबार
               

ट्रम्पमाथिको आजीवन प्रतिबन्ध पुनःमूल्यांकन गर्न फेसबुकलाई निर्देशन

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

एजेन्सी । फेसबुक र इन्स्टाग्राममा डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई फेसबुकको ओभरसाइट बोर्डले सही ठहर गरेको छ । यद्यपि, फेसबुकको सामान्य कारवाहीको दायराभन्दा टाढा रहेको आजीवन प्रतिबन्धको भने आलोचना गरेको छ ।

बोर्डले फेसबुकलाई आफ्नो निर्णयको पुनः मूल्यांकन गर्न र उक्त कारवाहीबारे जवाफ दिन निर्देशन दिएको छ । गत जनवरीमा क्यापिटल हिलमा भएको हिंसापछि पूर्व राष्ट्रपति ट्रम्पमाथि फेसबुक र इन्सटाग्रामले प्रतिबन्ध लगाएको थियो ।

बोर्डले ट्रम्पमाथि आजीवन प्रतिबन्ध लगाउनुलाई ‘अनिश्चित र मानकविहीन’ करार गर्दै अन्य प्रयोगकर्तालाई लागू हुने नियमजस्तै कारवाही हुनुपर्ने बताएको छ । यसबारे जवाफ दिन ६ फेसबुकलाई महिनाको समय दिएको छ । बोर्डले फेसबुकलाई आफ्नो नीतिगत सुधारका लागि सुझावहरु पनि दिएको छ ।

ट्रम्पलाई ट्विटरले पनि प्रतिबन्ध गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि