बैशाख १७, २०८१, सोमबार
               

श्रीलंकामा राजापाक्षे परिवारको शासन : भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री, काका-भतिजा मन्त्री

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

कोलम्बो । श्रीलंकाको क्याबिनेटमा राजापाक्षे परिवारबाट नयाँ अर्थमन्त्री थपिएका छन् । बिहीबार ७० वर्षीय बासिल राजापाक्षेले श्रीलंकाको अर्थ मन्त्रीको शपथ लिएका हुन् । बासिल राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ हुन् ।

कोरोनाभाइरस महामारीले पर्यटनलगायत अर्थतन्त्र समस्यामा परेका भन्दै गोटवायाले भाइलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन्।

अहिले प्रधानमन्त्री रहेका ७५ वर्षीय महिन्दा सन् २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए । उनी राष्ट्रपति हुँदा भाइ बासिलले आर्थिक रणनीति बनाउँथे । बासिलको प्रवेशसँगै राजापाक्षे परिवारबाट क्याबिनेटमा पाँच जना पुगेका छन् ।

राजापाक्षेका जेठा दाजु ७८ वर्षीय छामल सिँचाइमन्त्री छन् । महिन्दाका छोरा ३५ वर्षीय नमाल राजपाक्षेलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।  

राजापाक्षे परिवारका अन्य थुप्रै सदस्यहरूले सहायक मन्त्री र अन्य प्रशासनिक पद सम्हालेका छन् ।

 

यो पनि