बैशाख १७, २०८१, सोमबार
               

अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । 

सुरक्षाकर्मीहरूले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सबै तालिबान लडाकू नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन । 

सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीहरुले क्वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन् । यसअघि सो सहर तालिबान लडाकूहरुले नियन्त्रणमा लिएको घोषणा गरेका थिए । 

“क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीहरुले बुधबार आफ्नो नियन्त्रणमा लिएका छन, त्यसअघि सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुविरुद्ध सुरक्षा कारबाही चलाएका थिए,” रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ । 

पश्चिमी बद्घीस प्रान्त अन्तर्गत पर्ने त्यस ठाउँमा लामोसमयदेखि तालिवान लडाकूहरुको प्रभाव रहदै आएको मानिन्छ । अफगानिस्तानमा लामो समयदेखि आन्तरिक द्धन्द्ध चलिरहेको छ भने द्धन्द्ध अन्त्यका लागि भन्दै वार्ताको प्रयासहरू पनि भइरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि