बैशाख १७, २०८१, सोमबार
               

ट्रम्पद्वारा गुगल, फेसबुक र ट्विटरविरुद्ध रिट दर्ता

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल गुगल, फेसबुक र ट्विटरविरुद्ध रिट दर्ता गरेका छन् । मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले गुगल, फेसबुक र ट्विटरले आफ्नो स्वतन्त्रताको हकमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गरेका हुन् ।

रिटमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग, ट्विटरका जैक डोर्सी र गुगलका संस्थापक सुन्दर पिचईलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । मुद्दाको फैसला आफनो पक्षमा आउने दाबी गर्दै ट्रम्पले मुद्दाले अमेरिकी इतिहासमा फ्रिडम अप स्पिचको जित हुने विश्वास व्यक्त गरेका छन् । 

गत जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित संसद् भवन (क्यापिटोल हिल)मा भएको हिंसात्मक झडप भड्काउने किसिमका अभिव्यक्ति दिएको भन्दै फेसबुक, ट्वीटर र युट्युबले ट्रम्पको एकाउन्टमा अस्थायी र स्थायी प्रतिबन्ध लगाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि