बैशाख १७, २०८१, सोमबार
               

किन गरे दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले आत्मसमर्पण ?

एजेन्सी
असार २४, २०७८

ADVERTISEMENT

अन्तत दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल गएका छन् । अदालतको आदेश अटेर गर्दै गरेका जुमा अन्तत आत्मसमर्पण गर्न बाध्य बनेका हुन् ।

भ्रष्टाचार र अदालतको मानहानी गरेका जुमाले अब १५ महिनाको जेल सजाय काट्नेछन् । उनी आफ्नो गृहनगरस्थित इस्कोर्ट करेक्सनल सेन्टरमा भर्ना भएका थिए । मध्यरातसम्म आत्मसमर्पण नगरे उनलाई पक्राउ गरिने चेतावनी प्रहरीले दिएको थियो । 

भ्रष्टाचारको मुद्दामा भएको सुनुवाईमा उपस्थित नभएपछि गत साता ७९ वर्षका जुमामाथि जेल सजाय तोकिएको थियो । यद्यपि, जुमाले यस सजाय राजनीतिक रुपमा प्रेरित रहेको भन्दै अदालतको आदेश स्विकार्न अस्विकार गरेका थिए ।  दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति जेल परेको यो नै पहिलो घटना हो । जुमा कुनै समय प्रभावशाली राजनीतिक व्यक्ति थिए । उनी २००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति थिए । उनी दक्षिण अफ्रिकामा चलेको रंगभेद विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल बसेका थिए ।


कस्तो लाग्यो ?

यो पनि