बैशाख १७, २०८१, सोमबार
               

बग्दादस्थित अमेरिकी दूतावसमा रकेट र ड्रोन बम आक्रमण

एजेन्सी
असार २४, २०७८

ADVERTISEMENT

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावसमा रकेट र ड्रोन बम आक्रमण भएको छ ।

बिहीबार अमेरिकी दूतावसमा तीन वटा रकेट र ड्रोन बम आक्रमण भएको इराकी सेनाले पुष्टि गरेको खबर एएफपीले उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकी दूतावास लक्षित आक्रमणहरु भइरहेको बताइएको छ । 

तर सबै आक्रमणको प्रयास दूतावासको एन्टी मिसाइल प्रणालीले असफल बनाइदिएको समाचारमा उल्लेख छ ।

दूतावासमा मात्र नभएर ग्रिन जोन क्षेत्रमा पनि आक्रमण भएको छ । आक्रमण कसले गरेको भन्ने बारमो भने केही खुलाइएको छैन ।

तर इरानको समर्थन प्राप्त लडाकुहरुले यो आक्रमण गरेको अनुमान छ । 

इरान र अमेरिकाबीच युरेनियम प्रशोधनको विषयमा विवाद छ । गतवर्ष अमेरिकाले इरानकी सैन्य कमाण्डर कासिम सुलेमानीलाई आतंकवादी भन्दै ड्रोन आक्रमणमार्फत हत्या गरेको थियो ।

इराकमा २५ सय अमेरिकी सेना तैनाथ छन् । उनीहरुमाथि यसवर्ष हालसम्म ५० पटकभन्दा बढी आक्रमण भइसकेको बिबिसीले जनाएको छ ।

यो पनि