जेठ ०१, २०८१, मंगलबार
               

हाइटीका राष्ट्रपति मोइजेको हत्या

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

बन्दुकधारीले हाइटीका राष्ट्रपति जोभेनेल मोइजेको हत्या गरेका छन् । हाइटीका अधिकारीहरूका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो ।

स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ । आफूलाई डीइए एजेन्ट बताउने समूहका लडाकुले उक्त आक्रमण गरेको अधिकारीले बताएकाे छन् । 

प्रधानमन्त्री क्लाउडे जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हाइटीका नागरिकलाई आग्रह गरेका छन् । आक्रमणमा परी घाइते भएकी राष्ट्रपति पत्नीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि