जेठ ०१, २०८१, मंगलबार
               

बन्दुक हिंसा रोक्न न्युयोर्कमा आपतकालीन कार्यकारी आदेश

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

एजेन्सी । अमेरिकाको न्युयोर्क राज्यले बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि आपतकालीन कार्यकारी आदेश दिएको छ ।

न्युयोर्कका गभर्नर एन्ड्रयू क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । योसँगै बन्दुक हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्युयोर्क पहिलो राज्य बनेको छ ।

कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको हस्तक्षेप र रोकथामका लागि १६ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने बीबीसीले जनाएको छ । गत ४ जुलाईको साप्ताहिक बिदामा न्युयोर्क राज्यमा मात्रै साप्ताहिक ५१ वटा गोलीकाण्डका घटना भएको अमेरिकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा देशैभरि गोलीकाण्डका कारण हुने मृत्युदर बढेको छ । गत साता मात्रै २ सयभन्दा बढी यस्ता घटना घटेक एफबीआईले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जुनको अन्त्यमा हत्याका घटना वृद्धिलाई रोक्नको बन्दुक डिलर र हतियार तस्करी नियन्त्रणका सम्बन्धमा एउटा रणनीति अघि सारेका थिए ।


कस्तो लाग्यो ?

यो पनि