जेठ ०१, २०८१, मंगलबार
               

‘खोप लगाउनुस्, नत्र प्रशासन दैलोमा आउँछ’ : राष्ट्रपति बाइडेन

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन फेरि आग्रह गरेका छन्  । उनले खोप नलगाए प्रशासन दैलो ढक्ढकाउन आइपुग्ने चेतावनी पनि दिएका छन् ।

जुलाईको चौथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई कोरानाविरुद्धको पहिलो डोज खोप लगाउने लक्ष्य पूरा गर्न बाइडन प्रशासनले ‘डोर टू डोर’ अर्थात् दैलो दैलोसम्म कार्यक्रम शुरु गरेको हो ।

अति संक्रामक मानिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलन त्रास बढिरहेका बेला सबै नागरिकलाई खोप लगाउने आफ्नो लक्ष्य पूरा गर्न बाइडेन प्रशासनले नयाँ कार्यक्रम ल्याएको हो ।

बाइडेनले भने, ‘अब हामीलाई समुदायद्वारा समुदाय, छिमेकीद्वारा छिमेकी र घर–घर जानु जरुरी छ । साँच्चिनै दैलो दैलो पुगेर भाइरसबाट बाँकी नागरिकलाई पनि जोगाउन सकियोस् ।’

मूलतः केही रिपब्लिकन सांसद र सदस्यहरु धेरै मानिससँग आफ्नै शरीरको एण्टीबडी हुने भन्दै खोप लिन बाध्य बनाउन नपाइने बताइरहेका छन् । कसैले खोप लगाउने–नलगाउने भन्ने विषय सरकारको सरोकार नभएको भन्दै ती आलोचकले घर घर आउनेहरुलाई निकालिदिनुपर्ने सम्म भनेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि