जेठ ०१, २०८१, मंगलबार
               

अमेरिकाको निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थपियो

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट ६ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी स्वचालित तथ्यांक प्रशोधन (एपीडी) का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए । उनले सन् २०२१ को सुरुवातदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको जानकारी दिए ।

रिचर्डसनले कोभिड–१९ का कारण सर्वाधिक असर परेको सेवा क्षेत्रले निरन्तर प्रगति गरिरहेको बताए । ‘होटल, पर्यटन क्षेत्र खुला हुँदै गएका कारण आम रुपमा अर्थतन्त्रमा चहलपहल बढेको छ’, उनले भने ।

जुन महिनामा छ लाख २४ हजारले सेवा क्षेत्रमा नयाँ रोजगारी पाएको एपीडीले जनाएको छ । ठूला व्यवसाय तथा मझौला कम्पनीहरुले जुन महिनामा दुई लाख ४० हजारलाई रोजगारी दिएका छन् भने साना कम्पनीहरुले दुई लाख १५ हजार नयाँ रोजगारी सिर्जना गरेका छन् । 

यो पनि