जेठ ०१, २०८१, मंगलबार
               

२२ विद्यार्थी अपहरणमुक्त

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ । उनीहरूलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको दामिसी नगरको एक विद्यालयबाट अपहरणमा परेका उनीहरूलाई मुक्त गरिएको हो । सो विद्यालयबाट उनीहरूलाई सोमबार अज्ञात व्यक्तिहरूले अपहरण गरेका थिए । साथै त्यहाँबाट अरु पनि कैयौँ विद्यार्थी अपहरणमा परेका थिए । 

उनीहरूलाई अपहरण गर्ने योजनाका साथ ती अज्ञात व्यक्तिहरू हतियारसहित पुगेका थिए । उनीहरुले सो विद्यालयका सुुरक्षा गार्डलाई गोली प्रहार गरेर विद्यालय भित्र छिरेका र अपहरण गरेका थिए । 

छात्रबासमा रहेका विद्यार्थीलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । बाँकी विद्यार्थीलाई पनि अपहरणमुक्त गराउनका लागि प्रहरीले प्रयास गरिरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि