जेठ ०१, २०८१, मंगलबार
               

२९ यात्रुसहितको रुसी विमान सम्पर्कविहीन

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

रुसको सुदूरपूर्वी क्षेत्र काम्चात्काबाट २९ यात्रुसहित उडेको विमान सम्पर्कविच्छेद हुँदा विमानमा सवार सबै यात्रुको अवस्था अज्ञात छ ।

विमानमा ६ जना चालक दलका सदस्य सहित २३ यात्रु सवार विमान सम्पर्कविहीन बनेकाे हाे । विमान कामचात्काको मुख्य सहर पेत्रोपाभ्लोस्कबाट मंगलबार पालाना सहरका लागि उडेको थियो ।

विमानको खोजी र उद्वारको लागि सरकारी सुरक्षाकर्मीको टोली खटाइएको बताइएको छ । कुनै बेला विमान दुर्घटनाका लागि चिनिने रुसले पछिल्लो समय हवाइ यातायात सुरक्षामा सुधार ल्याएको छ । २०१९ को मे महिनामा रुसमा विमान दुर्घटना हुँदा ४१ जनाको ज्यान गएको थियो । यस्तै २०१८ को फेब्रुअरीमा मस्को नजिकै भएको दुर्घटनामा ७१ यात्रुको मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि