जेठ ०१, २०८१, मंगलबार
               

बङ्गलादेशमा थपियो एक हप्ता कडा लकडाउन

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

ढाका । बङ्गलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थपिएको छ । बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागु हुने भएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिन परेको सरकारी अधिकारीहरूले जनाएका छन् । 

सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो । 

बङ्गलादेशमा गत आइतबार कोरोना भाइरसका कारण एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बङ्गलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ ।

मृतकको सङ्ख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन् । बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार ६५ जनाको मृत्यु भएको छ । 

त्यसैगरी बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म ९ लाख ४४ हजार ९१७ जना संक्रमित भएका छन् । तीमध्ये आठ हजार ६६१ जना पछिल्लो २४ घण्टामा थपिएका जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि