जेठ ०२, २०८१, बुधबार
               

चीनले नेपालसहित विश्वका नेताहरुको सम्मेलन आयोजना गर्दै

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्दै छ ।

‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सी जिनपिङले ‘कि नोट स्पीच’ दिनेछन् । त्यसपछि नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिनेछ ।

यो कार्यक्रम नेपाली समयअनुसार मंगलबार साँझ ६ बजेपछि सुरु हुनेछ । भर्चुअल कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी हुनेछन् ।

चीनले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौं वर्षगाँठलाई उत्सवको रुपमा मनाइरहेको छ ।

यो पनि