क्यानडाको ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ ।
क्यानाडाको प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा क्यानाडा दिवसको उपलक्षमा एक समारोहपछि बिहान करिब साढे २ बजेतिर आगलागी भएको र तीन वयस्क र चार बालबालिका गरी सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १२ वर्ष मुनिका बालबालिका रहेको प्रहरी अधिकृत ट्यामी कैबेलले बताए । उक्त आगलागीमा एक वयस्क र चार बालबालिकाले भागेर जीवन बचाउन सफल भएका घर धनी अमजाद कमलले बताए । आगलागीको कारणबारे अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।